काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा.बद्री रिजालले पाएका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. रिजाललाई ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएका हुन् ।
ट्रमा सेन्टरका मेसु डा.रुद्र मरासिनीलाई त्यहि नै विशेषज्ञ सेवामा खटिने गरी जिम्मेवारी पाएका छन् । स्वास्थ्य मन्त्री पौडेलले टेकु अस्पतालमा अस्पताल नर्सिङ प्रशासक रोशनी लक्ष्मी तुईतुईलाई वीर अस्पताल नर्सिङ क्याम्पस प्रमुख बनाइएको छ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगर्त आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाको पनि जिम्मेवारी हेरफेर भएको छ। उनी उपचारात्मक महाशाखा पठाइएका छन्। उनको ठाउँमा मन्त्रालयबाट दयाकृष्ण पन्तलाई पठाइएको छ ।