जाजरकोट । नलगाड नगरपालिकाको कालीमाटीबाट करुवा जाँदै गरेको बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
ग ३ च ९४४५ नम्बरको कालीमाटीबाट करुवा जाँदै गरेको बोलेरो नलगाड नगरपालिकाको बिरखोलामा हिजो राति दुर्घटना भएको हो ।
दुर्घटना परेर नलगाड नगरपालिका–३ का ३२ वर्षीय चालक द्वन्द्रजित थापा, ६५ वर्षीय शिला पुन, ३३ वर्षीय सारदा थापा , १८ बर्षीय लक्ष्मी पुन रोका र उनकी नाबालक छोरा आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नलगाड नगरपालिका–३ का १९ बर्षीय जनक थापा र २१ बर्षका जीवन विक घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये जनक थापाको उपचार भइरहेको छ भने जीवन विक सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।