काठमाडौँ । नेपाल चिकित्सक सङ्घको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन आजबाट सुरु भएको छ। हेल्थ वियोन्ड हेन्थ भन्ने मुख्य सन्देश सहित कार्की व्यांकेटमा समिट भोलि शनिबारसम्म चल्ने छ।
संघका महासचिव डा सन्जिब तिवारीले सम्मेलनमा विषयविज्ञ, प्रबुद्धवर्ग, नेतृत्वकर्ता तथा सरोकारवालाको प्रत्यक्ष सहभागितामा नीतिगत विचार विमर्शमार्फत सैद्धान्तिक बहस भई रहेको बताए।
नेपाल चिकित्सक संघले प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टको रुपमा आयोजना गर्दै आएको एनएमए नेसनल हेल्थ समिटलाई यस वर्ष पनि निरन्तरता दिने संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णय बमोजिम यस वर्षको चौथो सम्मेलन २०८१ मङ्सिर २८ र २९ गते हुने छ, डा तिवारीले भने, यो वर्षको मुख्य सन्देश हेल्थ वियोन्ड हेल्थ राखिएको छ।
यस सम्मेलनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अन्य मन्त्रालयलगायत विभिन्न सरोकारवाला सरकारी तथा गैरसरकारी निकायसँग छलफल गरी दिगो विकास लक्ष्यतर्फ अग्रसर हुन उनले जानकारी दिए।