काठमाडौं । नेपाल नर्सिङ संघको नयाँ कार्यसमितिका लागि मंसिर आज निर्वाचन हुँदैछ ।
संघको चुनावमा चार प्रमुख राजनीतिक दलका प्रभाव वा निकटताका आधारमा दुई अलग–अलग प्यानल बनेका छन् । देशभरका विभिन्न जिल्ला र स्थानमा गरेर २० वटा मतदान केन्द्र तोकिएको छ। निर्वाचनमा मतदाताले आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सक्ने निर्वाचन समितिले जानकारी दिएको छ।
‘निर्वाचनमा नेपाल नर्सिङ संघका साधारण तथा आजीवन सदस्यहरुले मात्र मताधिकार प्रयोग गर्न पाउनेछन्,’ निर्वाचन समितिकी प्रमुख आयुक्त लक्ष्मी राईद्वारा जारी सूचनामा उल्लेख छ, ‘नेपाल नर्सिङ संघको सदस्यको परिचयपत्रका साथ आफूलाई पायक पर्ने तोकिएका निर्वाचन केन्दमा उपस्थित भई आफ्नो अमूल्य मत प्रदान गर्न अनुरोध गरिन्छ ।’