काठमाडौँ । आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्दा घाइते भएकी महिलाको मृत्यु भएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, किरातचोकमा बस्दै आएकी ३८ वर्षीया कमला आचार्यको उपचार क्रममा आइतबार मृत्यु भएको हो ।
चितवनको रत्ननगर नगरपालिका–१२ की आचार्यले शनिवार दिउँसो १२ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाइ गम्भीर घाइते भईकि उनको उपचार क्रममा मृत्यु भएको प्रहरी जानकारी दिएको छ ।
शनिवार दिउँसो स्कुटरमा आएर वाग्मती खोला किनार नजिकको खाली जग्गामा आचार्यले आफूमाथि पेट्रोल छर्केर आगो लगाएको र गम्भीर घाइते भएकी उनको उपचारका क्रममा साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।कमलाका १३ र तीन वर्षीय दुई छोरा छन् ।
मृतक आचार्यको शव परीक्षणका लागि अहिले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज टिचिङमा पठाइएको प्रहरी जानकारी दिएको छ ।