काठमाडौं । काठमाडौँ महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको निधन भएको छ ।
उनको आज ८७ वर्षको उमेरमा पेटसम्बन्धी रोगको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ सम्म निवास चक्सिबारीमा राखिने र त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा दुई घन्टासम्म राखिने बताइएको छ । उनको आजै अन्त्येष्टि गरिनेछ ।
काठमाडौँ महानगरपालिकामा आज शोक बिदा दिएको छ । महानगरले अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द हुने समेत जनाएको छ । उनको सम्मानका लागि आज बिदा दिने गरी महानगरपालिका र मातहतका कार्यालयहरूमा जानकारी दिएको छ ।