काठमाडौँ । ओम समाज डेन्टल हस्पिटलद्वारा लायन्स क्लब अफ काठमाडौँ, एभरेष्ट आँखा केन्द्र र इन्द्र अन्नपुर्ण योगको सहकार्यमा बनस्थली चोकमा गत शनिबार रक्तदान कार्यक्रम, आँखा जाँच तथा निस्शुल्क दन्त शिविर सम्पन्न भएको छ।
उक्त शिविरमा चार सय जनाले सेवा लिएका छन् । जसमध्य एक सय ६० जनाले आँखा जाँच, दुई सयले दन्त सेवा लिएका छन् भने ४० जना व्यक्तिले रक्तदान गरेका छन्।
रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर उद्देश्यले उक्त रक्तदान कार्यक्रम गरेको ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष डा। सुभाष घिमिरेले बताए। उत्तरदायित्व अन्नतरगत रक्तदान, निस्शुल्क दन्त शिविर र आँखा जाँच लगायतका सामाजिक कार्यहरु यस हस्पिटलले गर्दै आइरेहेको जानकारि दिए ।
शरीर स्वस्थ राख्न मुख स्वस्थ हुन् आवस्यक छ मुख स्वस्थ भयो भने शरीर आफै स्वस्थ हुन्छ भन्दै सबैको पहुचमा दन्त उपचार सहज बनाउदै उपत्यका भित्र बाहिर निःशुल्क शिविर संचालन गर्दै आइरहेको छ । ओम समाज डेन्टल हस्पिटलले आगामी दिनहरुमा पनि निःशुल्क शिविरलाई निरन्तरता दिने डा। घिमिरेले बताए ।