काठमाडौं । महिलास्वास्थ्य डटकमको आयोजनामा ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप’ शुक्रबार (भोलि) पुष ५ बाट सुरु हुने भएको छ । ‘खेल खेलौ र स्वस्थ बनौ’ भन्ने मुल नाराका साथ सुरु हुन लागेको प्रतियोगिता दुई दिन सम्म चल्नेछ ।
प्रतियोगितामा उपत्यकाका २१ सरकारी तथा नीजि हस्पिटलको सहभागीता रहनेछ । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ। प्रतियोगिताको विजेताले उपाधि सहित नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
फुटसल सम्पन्न गराउनका लागि मुख्य प्रायोजकमा यतिकेम ग्रुप छ भने प्रायोजक नेपाल औषधि उत्पादक संघ, नेपाल आयल निगम रहेको छ । हस्पिटल पार्टनरमा इशान बाल तथा महिला अस्पाताल ,बैकिङ पार्टनरमा एनएमबी बैंक तथा मेडिकल पार्टनरमा एभरेष्ट हस्पिटल रहेको छ ।
त्यसैगरि कार्यक्रमलाई नेपाल टेलिकम, लेजर थेरापी क्लिनिक, वात्सल्य आईभीएफ र मेटेनिटी पसलले सपोर्ट गरेका छन् ।