काठमाडौं । नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलमा मृगौला, मुत्रनली र पिसाब थैलीमा पत्थरी भएका बिरामीहरूलाई पुष ७ गते देखि १२ गते सम्म निःशुल्क परिक्षण सुरु भएको छ ।
मृगौला र मुत्र नलीमा पत्थरी भएका बिरामीहरुका लागि वरिष्ठ युरो शल्य चिकित्सकद्वारा निःशुल्क परिक्षण तथा विशेष छुट सहित अत्याधुनिक प्रविधिबाट बिना चिरफार आर.आई.आर.एस ( RIRS) प्रविधिद्वारा शल्यक्रिया गरिने व्यवस्था रहेको छ । साथै प्रोस्टेट ग्रन्थिका विरामीहरुका लागि निःशुल्क परामर्श तथा विशेष छुट सहित नविनतम प्रविधिबाट शल्यक्रिया हुन हस्पिटलले जानकारि दिएको छ ।
अस्पतालकै प्रांगणमै सञ्चालन भईरहेको उक्त शिविरमा निःशुल्क ओपीडीका साथै USG परीक्षणमा ६०%, ल्याब जाँचहरुमा ४०%, यूरोफ्लोमेट्रीमा ६०%, सिस्टोस्कोपीरओटीमा ३०% बेड /पोस्ट-अप मा ५०% तथा फार्मेसीमा १५% छृट को व्यवस्था रहेको छ ।
३:३० देखि ६:३० सम्म मात्र सञ्चालन हुने उक्त शिविरमा दिनमा २० जना विरामीको मात्र जाँच गरिने हुँदा अग्रिम नाम दर्ता गर्न हस्पिटलकोे अनुरोध रहेको छ ।
मृगौला र मुत्र नलीमा पत्थरी सम्वन्धि समस्याका लक्ष्यणहरू
- पिसाव पोल्ने,
- पिसाव फेर्ने वित्तिकै तुरुन्तै पिसाव लाग्ने,
- लामो समय पिसाव खप्न नसक्ने,
- प्रोस्टेटको भाग बढ्ने,
- पिसावमा रगत देखिनु,
- पिसाव फेर्न समय लाग्ने,
- निसन्तान पुरुषहरु
एभरेष्ट हस्पिटलले आफ्नो सामुदायिक कार्यक्रम अन्तर्गत समय समयमा विभिन्न प्रकारका स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ। हस्पिटलले प्रदान गरने स्वास्थ्य सुविधा अर्न्तगत गरिब तथा विपन्न बिरामीहरुलाई निशुल्क सेवा प्रदान गर्दै आईरहेको छ । साथै जेष्ठ नागरीक तथा स्थानिय बिरामीहरुलाई विशेष छुट समेत प्रदान गर्दै आईरहेका छ । सुनिश्चित स्वास्थ्य र गुणस्तरीय सेवा नै यस अस्पतालको धर्म हो भनी संकल्प लिएर सेवा प्रदान गर्दै आईरहेको छ ।