चितवन । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले शिक्षा, स्वास्थ्य र खेलकूद क्षेत्रमा राज्यले अझैँ धेरै काम गर्न बाँकी रहेको बताए।
अध्यक्ष दाहालले जुन देशमा गतिलो शिक्षा हुन्न र स्वास्थ्य सुविधाको सही व्यवस्थापन हुँदैन त्यहाँका जनतालाई सभ्य र सबल नागरिक बनाउन गाह्रो हुने बताए। “जुन देशमा शिक्षा छैन, जुन देशका नागरिकलाई स्वास्थ्यको ठिक व्यवस्थापन छैन। खेलकुद र मनोरञ्जनका लागि उचित व्यवस्था गर्न सकिँदैन,” अध्यक्ष दाहालले भने, “त्यस देशमा सभ्य नागरिक बनाउन गाह्रो हुन्छ।”
संविधानमा जनताका मौलिक हक अधिकारहरू उल्लेख्य भए पनि व्यवहारिक रूपमा जनताले अनुभूति हुने गरी काम गर्न राज्य चुकिरहेको अध्यक्ष दाहालले बताए।