काठमाडौंँ। मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।
साउदी अरवबाट आएका तनहुँका ३६ वर्षीय युवकमा यही पुस ५ गते मङ्कीपक्स सङ्क्रमण भएको पुष्टि भएको हो । सोही दिनदेखि उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार सुरु भएको थियो ।
बिरामिको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक डा। युवानिधि बसौलाले जानकारी दिए । मङ्कीपक्स सङ्क्रमण भएकालाई कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले सोही अनुरुप गरिएको जानकारी निर्देशक बसौलाले दिए ।