भोजपुर । भोजपुरको वोखिममा स्कार्पियो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । दुई जना अवस्था भने गम्भीर रहेको छ ।
भोजपुरबाट टेम्कैमैयुङ गाउँपालिकाको चखेवा हिँडेको प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कार्पियोे बिहीबार बिहान भोजपुर नगरपालिका वडा नम्बर पाँच, बोखिममा दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएकाहरूमा झापा गौरादहका ६६ वर्षीय झम्क बहादुर घले, सोही ठाउँकी ५८ वर्षीय देवीकला घले, इलामका ६६ वर्षीय ४२ वर्षीय नवीन कुमार राई, उनको ३१ महिनाको छोरा निगेल राई, भोजपुर बोखिमका ३५ बर्षिया लाक्पा दिकी शेर्पा, बोमिमकै ४० बर्षिया जुनुका राई, चालक धरानका ४० वर्षीय सुदिप लिम्बु, बोखिका ४१ वर्षीय राजकुमार राई, धरानका ३८ बर्षिया इयाहाराना सुब्बा र इलामका ३३ बर्षिया मेनुका घले रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।