भोजपुर । भोजपुरको वोखिममा स्कार्पियोे दुर्घटना हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ भने अन्य गम्भीर तीन घाइतेलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । दुर्घटनामा परी १० जना घाइते भएका थिए ।
बिहीबार बिहान भोजपुर नगरपालिका वडा नम्बर पाँच, बोखिममा दुर्घटना हुँदा १० जना घाइते भएका थिए । झापाको गौरादह नगरपालिका–७ का झम्कबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
गम्भीर घाइते भोजपुर नगरपालिका–५ का लाक्पादिकी शेर्पा, सोही वडाका रामकुमार राई र सुनसरीको धरान उपमहानगरपालिका–२ का इहायाराना सुब्बालाई थप उपचारका लागि हेलिकोप्टर मार्फत केएमसी काठमाडौँ पठाइएको सूचना अधिकारी प्रहरी निरीक्षक श्रेष्ठले बताए। अन्यको जिल्ला अस्पताल भोजपुरमा हाल उपचार भई रहेको छ ।