काठमाडौँ । औषधि बिरामीको उपचारमा सबैभन्दा महत्वपूर्ण मानिन्छ । चिकित्सकको सिफारिसमा औषधी किनेर सेवन गरि रहेका हुन्छौ । सही औषधि र औषधि सही प्रयोगले जस्तोसुकै रोग पनि निको हुन्छ भने गलत प्रयोगले ज्यानै पनि जान सक्ने हुन सक्छ। औषधि सही प्रयोग कसरी गर्ने ? आफुले खाइरहेको औषधीको गुणस्तर कस्तो छ ? औषधी कसरी भण्डारण गरिएको छ ? औषधि बनेको र सकिने म्याद मिति के हो ? अधिकांश मानिसले औषधि किन्दा यि कुरामा खासै ध्यान नदिएको किनेको पाइन्छ। यसको सिधा असर बिरामीको स्वास्थ्यमा पर्न सक्छ ।
शनिबार यतिकेम डिस्ट्रिब्युटरर्स प्रालिले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा हाम्रो स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधिको बारेमा सर्वसाधारणले थाहा पाउनु पर्ने कुराहरु बारे यतिकेमका कार्यकारी अध्यक्ष प्रभुराज वैद्यले जानकारि दिए । वैद्यले आफु लामो समयदेखि औषधी व्यवसायमा रहेका बताउदै उनले प्रयोगकर्ता आफै सचेत भएर औषधीको गुणस्तरको बारेमा जानकारी लिन आवश्यक रहेको उल्लेख गरे ।
औषधी धेरै संवेदनशील बस्तु हो । औषधी लिदा सबै भन्दा बढी सचेत बिरामी वा किन्ने व्यक्ति हुनुपर्छ । औषधी कसरी भण्डारण गरिएको छ ? औषधि म्याद मिति के हो ? कोल्डचेन मेन्टेन गरिएको छ छैन् ? हतार नगरि औषधिबारे बुझेर लिनु पर्ने वैद्य बताउ छन्। कोल्ड चेन मेन्टेन गर्नुपर्ने मुख्य मापदण्ड भएता पनि धेरै औषधी पसलहरुमा त्यसरी राखेको पाइँदैन । सो कुराको ख्याल कसैले पनि गरेका हुदैन् जुन आफैमा ठूलो प्रश्न हो ।
यसका साथै औषधिको मूल्य समायोजन गर्न औषधि व्यवसायीले माग गरेको पनि उनले बताए । औषधिको गुणस्तर कायम राख्न र औषधिको आयात गर्दा लाग्ने प्रक्रिया, बजार व्यवस्थापन लगायतमा खर्चमा वृद्धि भएको तर औषधिको मूल्य भने यथावत हुँदा औषधि व्यवसायीलाई मार परेकोले औषधिको मूल्य समायोजन गर्न आवश्यक भएको वैद्यले बताए । सरकारले तोकेको मूल्यमा औषधि दिन मुश्किल भएका कारण कतिपय कम्पनीले औषधि दिन छाडिसके उनले बताए । यस अवस्थामा औषधीको गुणस्तरमा पनि प्रश्न उठन जान्छ ।
औषधिको क्षेत्रमा प्रभावशाली बनेको यतिकेमले औषधीको गुणस्तर कायम राखि सबै मापदण्ड पालना गरि औषधि उपभोक्ता सम्म पुर्याइरहेको बताउदै यस विषयमा प्रस्तुतीकरण समेत दिएका थिए । बिरामीले औषधिका विषयमा आँखा चिम्लेर विश्वास गर्ने गरेको बताउँदै त्यसो नगर्न आग्रह गरेका छन्। हाम्रो देशमा तीन तिरबाट खुल्ला सिमाना छ । कहिलेकाँही नक्कली औषधी फेला परेको घटना पनि हामीले सुनेका छौँ । सस्तो मूल्यको प्रलोभन नपरि औषधिको पूरा जानकारी लिइ बुझेर र विश्वसनीय औषधी पसलमा गएर लिन वैद्यले सबैमा अनुरनेध गरे ।
औषधि किन्दा के के कुरामा ध्यान दिने ?
- औषधिको पूरा जानकारी लिने
- औषधीको म्याद गुज्रिने मिति हेर्ने (एक्सपाएरी डेट)
- औषधीको कोल्डचेन बारे जानकारी लिने
- मूल्य हेर्ने
- धेरै डिस्काउन्ट पाइने र ज्यादै सस्तो औषधिको प्रलोभनमा नपर्ने
- आफुले किनेको औषधी लगेर कहाँ राख्ने