काठमाडौं : बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बुधबार भर्ना भएका उनको बिहीबार बिहान करिब १० बजे निधन भएको उनका बुवा तेजेन्द्र परियारले जानकारी दिएका छन्।
गायक सचिनले अभिनेता राजेश हमालदेखि पछिल्लो समयका कलाकारहरुसँग अभिनय समेत गरेका छन्।उनी आफैँले गाएको गीत ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’चर्चामा रहेका छन्।
भाइरल बालगायकका रूपमा परिचित सचिनले गाएका गीतहरू समाजिक सञ्जालमा छाएका थिए। टिकटकमा उनको डाइलग ‘के छ हजुर’ एकदमै चर्चित बनेको थियो।