काठमाडौँ । मङ्गलवार (आज) बिहान ६ बजेर ५० मिनेटमा काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको केन्द्रविन्दु नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्रमा भएको प्रारम्भिक अनुमान गरिएको छ ।
प्रारम्भिक अनुमानका अनुसार सो क्षेत्रमा ७.१ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ । यो धक्का काठमाडौँसहित धादिङ, सिन्धुपाल्चोक, काभ्रे, र मकवानपुर जिल्लामा पनि महसुस गरिएको थियो। स्थानीय प्रशासनले क्षतिको विवरण सङ्कलन गरिरहेको छ ।
हालसम्म कुनै गम्भीर क्षति वा घाइतेको विवरण प्राप्त भएको छैन । स्थानीय प्रशासनले नागरिकलाई सुरक्षित स्थानमा बस्न र आपत्कालीन पूर्व सावधानी अपनाउन आग्रह गरेको छ ।