धनुषा। मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह चढेको गाडी दुर्घटनामा परेको छ ।
दुर्घटनामा घाइते भएका मन्त्री सिंहको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको स्पाइनल हड्डीमा चोट लागेको छ । गाडीको ठक्करबाट स्वास्थ्य मन्त्री सिंहसहित दुवै गाडीका चालकसमेत घाइते भएको जनकपुर प्रहरीले जनाएको छ । उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
प्रदेशको राजधानी जनकपुरधामको रामानन्द चोकमा सोमबार राति करिब साढे नौ बजे मन्त्री सिंह सवार मधेश प्रदेश ०२– ००१ झ ०१६५ नम्बरको गाडी र खानेपानी डिभिजन पर्साको मधेश प्र ०३–००१ झ ००९६ नम्बरको अर्को सरकारी गाडीमै ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको हो ।