काठमाडौं । औषधि व्यवस्था विभागले बजारमा रहेको क्याल्बोन ट्याब्लेट नामको औषधि फिर्ता गर्न निर्देशन दिएको छ।
क्युरेक्स फार्मास्युटिकल्स प्रालिले उत्पादन गर्दै आएको उक्त औषधि न्यून गुणस्तरको भेटिएपछि विभागले बजारमा रहेका उक्त औषधि फिर्ता गर्न भनेको छ।
बजार अनुगमनका क्रममा उक्त औषधि न्यून गुणस्तरको रहेको पाइएको थियो। विभागले जारी गरेको सुचनामा भनिएको छ,’ उक्त औषधिको विक्री वितरण र्दा प्रभाणपत्र औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बजारमा रहेका उक्त औषधि फिर्ता गर्ने, बिक्री वितरण नगर्ने र सोको जानकारी विभागमा गराउन पनि निर्देशन दिइएको उल्लेख छ।
