काठमाडौँ । उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ। माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ।
जल तथा मौसम विज्ञान विभागले बुधबार साँझ सार्वजनिक गरेको विवरणमा काठमाडौँको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस पुगिसकेको छ । न्यूनतम तापक्रम पनि ६.२ डिग्री रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले लामो समयसम्म पानी नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेको छ, त्यसको असरले पनि तापक्रम बढेको छ । अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै देखिएको महाशाखा जनाएको छ । र अब बढ्ने समय पनि हुन लागेको ले न्यून चापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्च चापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ । तर पनि अब तापक्रम उकालो लाग्ने समय भने हुन लागेको महाशाखाको भनाइ छ ।