काठमाडौं । हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि दिने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेका छन् ।
रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगको औषधि नपाईने र निकै महँगो हुने भएकाले विरामीले अकालमै मृत्यु भई रहेको हुदा त्यसबाट जोगाउन मन्त्री पौडेलले उक्त निर्णय गरेका छन् ।
जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधी अब स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका सङ्घीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाटसमेत उपलब्ध गराउनेछ । हिमोफिलिया उपचारका लागि आवश्यक औषधि राज्यकोषमा थप भार नपर्ने गरि अन्तर्राष्ट्रिय सहयोग प्राप्त गरेर नि:शुल्क उपलब्ध गराउने निर्णय गरेका छौं ।
नेपालमा हाल करिब नौ सय जना यो रोगका बिरामीका रूपमा पहिचान भएका छन् । तर विश्व स्वास्थ्य सङ्गठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब ५ हजार बिरामी रहेको अनुमान गरेको छ ।
दुर्लभ र महँगो औषधीको व्यवस्था गरिदिन बिरामी तथा सरोकारवालामार्फत आवश्यक औषधी सरकारबाटै व्यवस्था गर्न आएको अनुरोध स्वीकार गरेको मन्त्री पौडेलले बताए ।
२०७८ को जनगणनामा २।२ प्रतिशतमा अपाङ्गता देखिएका मध्ये ०।८ मा हिमोफिलिया भएको हुनसक्ने अनुमान गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।मन्त्रालयले सङ्घीय, सरकारी तथा प्रादेशिक तहमा मागका आधारमा औषधि उपलब्ध गराउने तयारी गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।