काठमाडौं । स्वास्थ्य पत्रकारहरुको साझा संगठन स्वास्थ्य पत्रकार मञ्च नेपालको छैठौँ राष्ट्रिय अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार काठमाडौँमा सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा भिषा काफ्ले निर्वाचित भएका छन् । काफ्लेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
मञ्चको बरिष्ठ उपाध्यक्षमा बुद्धि कटेल निर्विरोध निर्वाचित भएका छन् । भने दुई उपाध्यक्षका लागि चार जनाको प्रतिस्पर्धा भएको थियो । जसमा महेश तिमल्सिना बिजयी भएका छन् । अर्को पदमा भने सञ्जीता खनाल र शरद शर्माको बराबर मत आएपछि एक एक वर्ष आलोपालो गर्ने सहमति भएको छ । महासचिवमा शिवहरि घिमिरे, सचिवमा ज्योति अधिकारी, कोषाध्यक्षमा सिर्जना खत्री निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा सुरेश खनाल, उपेन्द्र खड्का, सन्तोष राई, भोला अधिकारी, कृष्ण आचार्य, सृजना कार्की, विना न्यौपाने र लक्ष्मी चौलागाईँ निर्विरोध निर्वाचित भएका छन् ।
प्रदेश संयोजकमा लुम्बिनीका लागि वासुदेव न्यौपाने, बागमतीमा हिरोज लोप्चन र गण्डकी प्रदेशका लागि मोहसिन अलि मिया निर्वाचित भएका छन् । प्रवास संयोजकमा तुलसा घिमिरे निर्वाचित भएकी छन् ।