हरेक आमाबाबुले आफ्नो बच्चा सबैभन्दा तेज, बुद्धिमान, स्मार्ट होस् भन्ने चाहन्छन् । हरेक क्षेत्रमा उनीहरू अग्रस्थानमा होउन्, परीक्षामा राम्रो अङ्क ल्याउन् भन्ने चाहना पनि पालेका हुन्छन् । बालबालिकाको उचित मानसिक विकास भएमा, स्मरणशक्ति राम्रो हुन्छ ।
बच्चाहरूलाई तेजिलो बनाउन ब्रेनको एक्सरराइज, उचित आहारा र राम्रो वातावरण आवश्यक पर्छ। आमाको गर्भमा छँदा बच्चाको शारीरिक र मानसिक विकासमा केही हदसम्म भई सकेको हुन्छ । गर्भवास्थामा आमाको खानपान, आनीबानी, जीवनशैलीले गर्भको बच्चामा प्रभाव पारेको हुन्छ ।
बच्चाको दिमागलाई तेजिलो कसरी बनाउने ?
- बच्चाहरूलाई डर र त्रास देखाउनु हुँदैन।
- बच्चाको खानपानमा नट्स, फलफूल, जुस, तरकारी, साग जस्ता पोषक भएका खानेकुराहरु समावेश गराउने ।
- आफुले बोली रहने भाषाको अलाबा अन्य सरल भाषा हरुपनि सिकाउने ।
- बच्चाहरूलाई इच्छाअनुसार काम गराउदा दिमाग तेज हुन्छ।
- बच्चाहरु खेलकुदमा जति फूर्तिलो हुन्छन् त्यति नै उनीहरुको दिमाग सक्रिय हुन्छ ।
- बच्चाहरूको मानसिक विकासको लागि मस्तिष्क पजल खेलाउने ।
- पालुङ्गो, हरियो पत्तादार तरकारीहरू जसमा प्रोटिन, भिटामिन, एन्टिअक्सिडेन्ट, फाइबर युक्त खानेकुराहरू खुवाउने ।
- बच्चाको दिमागी विकासका लागि दूधजन्य खाद्यवस्तु एकदमै लाभदायी हुन्छन् विषेश गरि दही खुवाउने ।
- बच्चा रोइरहेको छ भने उसलाई अंगालोमा राखेर शान्त गराउने यसले बच्चाको दिमागमा सकारात्मक असर पर्दछ ।
- बच्चालाई खानपानसँगै योग पनि सिकाउने यसले उनीहरुको शारीरिक र मानसिक दुवै विकासमा सकारात्मक असर पर्छ ।
- प्रोटिनयुक्त खानेकुरा माछा, मासु, अन्डा, दाल तथा गेडागुडी नियमित खुवाउने यसमा भिटामिन, खनिज, ओमेगा ३ र फ्याटी एसिड तत्व पाइन्छन्।
- बच्चाको दिमागलाई तेजिलो बनाउन अध्ययन गर्न उत्साहित गराउने ।
- नट र बीउहरूखुवाउने, यसमा मोनोअनस्याचुरेटेड फ्याट र ओमेगा–थ्री प्रशस्त मात्रामा पाइन्छ, यो मस्तिष्कको विकासका लागि सुपरफुड हो ।
- बच्चाहरूलाई हरेक दिन गहुँ, जौ, चामल, ओट्स आदि सम्पूर्ण अन्नबाट बनाइएको परिकार खुवाउने ।
- बच्चाको शरीरमा दैनिक वा हप्तामा दुई तीन पटक अवश्य मालिस गर्ने ।
- दिनचर्या पालना गर्न लगाउने ।