काठमाडौँ । यही माघ २२ देखि फागुन ६ गते सम्म कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई दिई रहेको पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी खोपं) लगाउँदा कुनै समस्या हुन्छकि भन्ने धेरै किशोरीहरुको प्रश्न रहेको छ ।
के एच.पि.भी. खोप सुरक्षित छ ?
सुरक्षित छ । नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रम मार्फत् नि: शुल्क प्रदान गर्ने सबै खोप विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त (WHO prequalified) हुनुका साथै नेपालको औषधि व्यवस्था विभागले समेत स्विकृत दिए पछि मात्र प्रयोगमा ल्याउँछ ।
यस अभियानमा प्रयोग गरिने एच.पि.भी खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तरयुक्त प्रमाणित भई विभिन्न देशहरूमा प्रयोग भइरहेको खोप हो । यो खोप नेपालको औषधी ब्यवस्था विभागले गत वर्ष नै प्रयोग गर्न स्वीकृत दिएको थियो ।
त्यसैले केही सामाजिक सञ्जालमा देखिएको एच.पि.भी खोप नेपालमा परीक्षण गर्न लागिएको भन्ने जस्ता सूचनामा कुनै सत्यता छैन । एच.पि.भी खोप सुरक्षित र प्रभावकारी भएकोले ढुक्क भएर सबैले लगाउन सरोकारवालाको अनुरोध रहेको छ । ।
थप जानकारीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निःशुल्क हेल्पलाइन हेल्लो स्वास्थ्यु को सम्पर्क नम्बर १११५ वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।