काठमाडौँ । ओम समाज डेन्टल हस्पिटल वनस्थली शाखाले प्रत्येक महिनाको अन्तिम शनिबार वनस्थली चोकमा निःशुल्क दन्त स्वास्थ्य शिविर कार्यक्रम गर्दै आएको छ ।
प्रत्येक महिना हुने गरेको निःशुल्क दन्त स्वास्थ्य शिविर कार्यक्रममा यहि शनिबार सम्पन्न भएको छ। उक्त शिविरमा ११० जनाले दन्त सेवा लिएका छन् । भने ९५ जनाले निःशुल्क रगत जाँच तथा ५० जनाले निःशुल्क आँखा जाँचमा सेवा लिनुको साथै २२ जनाले अस्पताल गएर सेवा लिएका छन्।

हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विगतको समय देखि सबैको पहुचमा दन्त्य स्वास्थको पुर्याउने उदेश्यले निःशुल्क शिविर तथा जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आइरहेको छ ।
