काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अन्तर्गत स्नातकोत्तर तह (पीजी)मा सिट थप गरेको निर्णय कार्यान्वयनमा आएको छ।
आयोगको १७ औँ बैठकले सबै सरकारी प्रतिष्ठानरकलेजहरूमा पीजीको सिट थप्ने गर्ने निर्णय गरेको थियो । कार्यान्वयनमा आएको उक्त निर्णयलाई नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गर्दै स्वागत गरेको छ। आयोगले सोमबार सार्वजनिक गरेको विवरण अुनसार सार्वजनिक शिक्षण तर्फ १ हजार २६ र निजी तर्फ १ हजार ४० सिट छुट्याएको छ ।
चिकित्सा शिक्षा आयोगले प्रधानमन्त्री, स्वास्थ्य र शिक्षा मन्त्री र चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई विज्ञप्ति मार्फ धन्यवाद समेत दिएको छ।
