काठमाडौँ । सिंहदरबार स्थित राष्ट्रिय समाचार समितिमा ओम समाज डेन्टल हस्पिटलद्वारा फगुन ६ गते निस्शुल्क दन्त शिविर सम्पन्न भएको छ।

उक्त शिविरमा एक सय पचास जनाले सेवा लिएका छन् । जसमध्य ३० जनाले दाँत निकाल्ने ५० जनाको स्केलिङ र ७० जना सामान्य जाँच गराएका थिए ।

हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विगतको समय देखि सबैको पहुचमा दन्त्य स्वास्थको पहुच पुर्याउने उदेश्यले निःशुल्क शिविर तथा जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आइरहेको छ ।
