काठमाडौँ । संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य विदुर सापकोटाको उपचारका क्रममा निधन भएको छ ।
जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५९ वर्षीय सापकोटा लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । फोक्सोमा समस्या भएपछि यही फागुन ४ गते उनि हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पताल अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा आज बिहान उनको निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ ।