भारतमा रोजगारीमा रहेका आमाबुवासँगै रहेकी १२ वर्षीया एक बालिका बलात्कारबाट गर्भवती भएको खुलेको छ ।
सात महिनाअघि भारतको सुरतमा बालिकालाई बलात्कार भएर बच्चा पेटमा रहेको बताइएको छ ।
भारतबाट बालिकासहित अछाम घर फर्केपछि पेट बढ्दै गएपछि आफन्तले बुझ्दा बलात्कार भएको र बच्चा रहेको खुलेको हो ।
भारतमै रहेका बेलामा बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा आफन्त नाता लाग्ने करिब ४५ वर्षीय एक पुरुषका विरुद्ध जिल्ला प्रहरी कार्यालय अछाममा पीडित पक्षले उजुरी गरेको छ ।
बालिकालाई थप उपचार र परीक्षणका लागि बालिकालाई जिल्ला बाहिरको एक ओसिएमसीमा राखिएको छ ।