डा. रोशन पोखरेलले अनिवार्य अवकाश पाएपछि आजबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सिचव पद रिक्त भएको छ । रिक्त भएको सिचव पदमा मन्त्रालयकै तीन जना अतिरिक्त सचिवमध्ये एक जना सचिव हुने छन्।
सचिवको दौडमा को को छन् ?
अहिले मन्त्रालयमा नामको वर्णानुक्रम अनुसार हेर्दा अतिरिक्त सचिवमा डा विकास देवकोटा, डा संगिता कौशल मिश्र र डा टंक बाराकोटी रहेका छन्। डा देवकोटा स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीमा छन् भने डा संगिता र डा टंक मन्त्रालयमा कार्यरत छन्।
स्वास्थ्य मन्त्रालयमा तीनै जना अतिरिक्त सचिवलाई अब हुने सचिवको बलियो उम्मेदवारका रुपमा हेरिएको छ। मन्त्रालयका १२औं तहका तीन जना अतिरिक्त सचिवमध्ये एक जना सचिव हुने छन्।