काठमाडौं - अहिले जाडो मौसम चलिरहेको छ । जाडोमा तापक्रम घट्छ र मानिसको स्वास्थ्य र निद्रा प्रभावित हुन्छ । धेर चिसो हुँदा मानिसको निद्रा घरिघरि भंग हुन्छ ।
तपाईंलाई पनि चिसोका कारण सुत्न समस्या आएको छ भने आफ्नो डाइटमा एउटा कुरा समावेश गर्नुस् अनि मज्जाले निद्रा लाग्छ ।
राम्रो स्वास्थ्यका लागि राम्रो निद्रा आवश्यक हुन्छ । निद्राको कमीका कारण मोटोपन, मुटुरोग र मधुमेहको सम्भावना बढ्छ । स्वास्थ्यका लागि मानिसले आठ घन्टा पूरा सुत्नुपर्छ । जाडोमा बिहानको समयमा तापक्रम एकदमै कम हुनाले सबेरै मानिसको निद्रा खुल्छ ।
आफ्नो डाइटमा बदाम पार्नुभयो भने तपाईं जाडोमा पनि मज्जाले सुत्न सक्नुहुन्छ । यसको पुष्टि डायटेरी सोर्सेज यान्ड बायोएक्टिभ अफ मेलाटोनिन नामक अध्ययनमा गरिएको छ ।
बदाममा भरपूर मात्रामा म्याग्नेसियम हुन्छ र यसले शरीरमा म्याग्नेसियमको कमीलाई १९ प्रतिशत पूरा गर्छ । म्याग्नेसियम सेवनले राम्रो निद्रा लाग्छ । इन्सोमनियाको रोग लागेका मानिसलाई बदाम लाभदायक हुन्छ ।
स्टडीको प्रतिवेदनमा लेखिएअनुसार, निद्रामा दख्खल दिने स्ट्रेस हर्मोन कोर्टिसोलको स्तरलाई बदामको सेवनले घटाउँछ ।
यसबाहेक राम्रो निद्राका लागि सुत्नुअघि मनतातो पानीले नुहाउन पनि सक्नुहुन्छ । त्यसो गर्दा शरीरलाई न्यानो पुग्छ र राम्रो निद्रा लाग्छ ।