काठमाडौँ- आज बिहानदेखि नै देशभर बादल लागेसँगै केही स्थानहरुमा अहिले पानी परिरहेको छ । केही स्थानहरुमा पानीसँगै हिउँ पनि परिरहेको छ ।
काठमाडौंँ उपत्यककामा पनि अहिले हल्का बर्षा भएको छ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बदली भएको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावसँगै डडेल्धुरासहित सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा पानी परेको हो । लामो समयदेखि बर्षा नहुँदा चिन्तित बनेका किसानहरु पानी परेपछि खुशी भएका छन् ।
बर्खे तरकारी लगाउँने समय भएकाले तरकारी खेती गर्ने किसानहरु उत्साहित भएका हुन् ।