काठमाडौं– पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् ।
अहिले शाहको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले बताएको छ । आइतबार हृदयघात भएपछि शाहलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
पारसलाई भेट्न पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन् । पारसको मुटुमा यसअघि पनि समस्या देखिएको थियो । अहिले उनको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र खतरामुक्त रहेको बताइएको छ ।