महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको दुई वटा बोरिङ बिग्रिएपछि पानीको समस्या भएको छ । अस्पतालले अहिले ट्याङ्कर तथा जारको पानीले काम चलाएको बताएको छ ।
यसअघि आफूहरुले तत्कालका लागि आवश्यक पानीको ब्यब्स्था गरिदिनु हुन भन्दै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई आग्रह गरे पनि निकै थोरै पानी पाउँदा समस्या बढेको बताएको हो ।
केयुकेएलले भने शिक्षण अस्पतालमा आवश्यक भएमा पानी उपलव्ध गराईदिने बताएको थियो ।
निर्देशक डा सुवासप्रसाद आचार्यले धेरै पटक पानीका लागि आग्रह गरे पनि केयुकेएलले त्यसको राम्ररी सुनुवाई नगरेको बताए ।
निर्देशक डा आचार्यले पानी अभावकै कारण काममा केही असहजता भए पनि उपचार सेवा भने निरन्तर चलिरहेको बताए ।
उनले दुईवटा मध्ये एउटा बोरिङ आज बन्न सक्ने प्राविधिकहरुले बताएको समेत जानकारी दिए ।