काठमाडौँ उपत्यकामा प्रदूषण बढेको छ । मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको जनाएको छ भने प्रदूषण बढेर काठमाडौँ विश्वकै प्रदूषित शहरको सूचीमा छैटौं स्थानमा उक्लिएको छ ।
‘एयर क्वालिटि इन्डेक्स’ का अनुसार आज काठमाडौँ विश्वको छैटौं प्रदूषित सहरका रूपमा सुचीकृत भएको हो ।
विश्वको सबैभन्दा बढी प्रदूषित सहरको रूपमा भियतनामको राजधानी हनोई सहर सुचीकृत भएको छ । हनोईको प्रदूषण २०५ एक्युआई पुगेको छ । त्यस्तै दोस्रोमा चीनको वुहान परेको छ भने तेस्रो प्रदूषित सहर चीनको बेजिङ छ । त्यसैगरी इरानको तेहरान चौथो तथा बङ्गलादेशको ढाका पाँचौं रहेको छ । अहिले काठमाडौँको प्रदूषण भारतको दिल्लीको भन्दा पनि बढी रहेको छ ।