काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा डा. रघुराज काफ्लेलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा.काफ्लेलाई नियुक्त गर्ने निर्णय भएको थियो ।
नियुक्तिका लागि गठित सिफारिस समितिले उनीसहित कमल पन्थी र डा. कृष्णप्रसाद अधिकारीको नाम सिफारिस गरेको थियो । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गठन गरेको बीमा सुझाव कार्यदलमा डा. काफ्ले सदस्य थिए । डा काफ्ले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा एक दशक बढी वरिष्ठ अधिकारीका रुपमा कार्यरत उनी विकास रणनीति निर्माणमा संलग्न थिए छ ।