काठमान्डौँ । ओम समाज डेण्टल हस्पिटलले स्वस्थ मुस्कानको प्रवर्धन गर्दै समुदायलाई गुणस्तरीय दन्त सेवा उपलब्ध गराउनु उद्देश्य आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
तीनपाटन गाउँपालिका-१, बेलघारी, सिन्धुलीमा आयोजित निःशुल्क दन्त शिविर सफलतापूर्वक सम्पन्न भयो। शिविरमा कुल १२६ जना बिरामीहरूले स्केलिङ ५५ जनाले फिलिङ र २० जनाले एक्स्ट्र्याक्सन गराए भने ३५ जना अन्य दन्त सेवाबाट लाभान्वित भएका थिए।
यस शिविरमा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रह्यो। बिहान ७:०० बजेबाट सुरु भएको शिविरमा छ:०० बजे सम्म सयौं बिरामीहरूले आफ्नो दन्त स्वास्थ्य परीक्षण गराएका थिए।
हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विगतको समय देखि सबैको पहुचमा दन्त्य स्वास्थको पहुच पुर्याउने उदेश्यले निःशुल्क शिविर तथा जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आइरहेको छ ।