काठमाडौँ– स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् ।
मंगलवार मन्त्रीस्तरीय निर्णयबाट उनलाई बोर्डको अध्यक्ष नियुक्त गरिएको हो। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नवनियुक्त थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । थापाको नियुक्तिपछि स्वास्थ्य बिमा बोर्डले गति लिने विश्वास गरेको मन्त्री पौडेलले बताए ।
उनि यसअघि तीन वर्ष बोर्ड सदस्यका रुपमा रहका थिए । बोर्डको निर्देशकमा विकास अर्थशास्त्री डा। रघुराज काफ्ले नियुक्त भइसकेका छन् । मन्त्री पौडेलले स्वास्थ्य बिमाको सुधार र स्वास्थ्य बिमा कोष बलियो पार्दै यसको दिगोपनामा प्राथमिकता रहेको बताउँदै आएका छन् ।