काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन 'ए' क्याप्सुल र जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गर्ने भएको छ ।
बालबालिका लक्षित राष्ट्रिय भिटामिन 'ए' र जुकाको औषधि यही वैशाख ६ र ७ गते बालबालिकाहरुलाई भिटामिन 'ए' र जुका दुवैको औषधि खुवाइने तयारि भई रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय भिटामिन 'ए' तथा जुकाको औषधि खुवाउने कार्यक्रमसँगै पाँच वर्ष मुनिका बालबालिकाको MUAC स्क्रिनिङ गर्ने र बालभिटा वितरण गर्नका लागि सातै प्रदेश तथा ७५३ वटा स्थानीय तहमा समन्वयन गर्ने पत्राचार गर्न अनुरोध गरिएको छ ।
सरकारले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिन ‘ए’ र २०५८ सालदेखि प्रत्येक वर्ष दुई पटक बालबालिकालाई जुकाको औषधि खुवाउने गरिएको हो ।
