काठमाडौं । सिद्धकामना हस्पिटलका दुई कर्मचारीलाई अनुगमन टोलीले पक्राउ गरिएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको व्यापारिक बजार मिर्चैयामा सञ्चालित अस्पतालको अनुगमन गरे ।
अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भएका सिद्धकामना हस्पिटलका दुई कर्मचारीलाई पक्राउ गरिएको छ । अनुगमन टोली देखेपछि अस्पताल भर्ना भएका बिरामी छोडेर उनीहरू भागेका थिए ।