काठमाडौं । गत शुक्रबार (चैत १५) काठमाडौँ उपत्यकाका विभिन्न ठाँउमा भएको आन्दोलनको क्रममा तीनकुने क्षेत्रमा भएको राजावादीको प्रदर्शनमा घाइते भएका १२८ जनामध्ये १३ जना अझै उपचारमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
घाइते भएकाहरुको वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, निजामती कर्मचारी अस्पताल र काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल लगायतका अस्पतालहरुमा उपचार भएको छ । १३ जना बाहेक सबै डिस्चार्ज भई सकेका छन्। उपचाररत १३ जनामध्ये ७ जना गोली लागेका तथा गम्भीर चोट लागेकाहरु रहेको बताइएको छ।
२०८१/१२/१५ गते बसेको मन्त्रिपरिषद्को बैठकले घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो । सोही अनुसार निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन अस्पतालहरुलाई मन्त्रालयले निर्देशन दिएको छ।
तीनकुने प्रर्दशनमा दुई जनाको मृत्यु भएको थियो। जस मध्य एक जना गोलि लागेर गम्भीर घाइते भएका सविन महर्जनको अस्पताल पुर्याउने क्रममै मृत्यु भएको थियो । भने रिपोर्टिङमा खटिएमा पत्रकार सुरेश रजकको आगोले जलेर मृत्यु भएको थिए ।
-1743395412-1743401362.jpg)