काठमाडौं । सांसद दीपक बोहराको उपचारको क्रममा निधन भएको छ ।
राप्रपाका वरिष्ठ नेता बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको हो।
घाँटीसम्बन्धी समस्याबाट पीडीत बोहरालाई पछिल्लो समय पेटसम्बन्धी स्वास्थ्य समस्याले सताएको थियो । पोस्ट कोभिडका कारण उनको घाँटीमा क्यान्सर भएको थियो । बोहरालाई घाटीको समस्या थियो । उनी चुनावको बेलामा पनि बोल्न नसक्ने अवस्थामा थिए । नबोलेरै उनी निर्वाचित भएका थिए ।