काठमाडौ । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज विश्वमै दोस्रो स्थानमा रहेको छ । प्रदूषणको दृष्टिले हिजो विश्वकै पहिलो स्थानमा रहेको काठमाडौं आज दोस्रो स्थानमा रहेको हो ।
प्रदूषणको दृष्टिले भारतको राजधानी नयाँ दिल्ली पहिलो स्थानमा रहेको एयर क्वालिटी इन्डेक्सले जनाएको छ । इन्डेक्सका अनुसार अहिले बिहान साढे ९ बजेको मापन अनुसार नेपालको वायु गुणस्तर सूचकाङ्क एक्यूआई २६८ छ भने भारतको ३९५ रहेको छ ।
विगत लामो समयदेखि पानी नपर्दा काठमाडौंको आकाशमा थुप्रिएको धुलो र विभिन्न जंगलमा लागेको डढेलोको धुवाँको कारण काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा उच्च भएको विज्ञहरुले बताएका छन् । यस्तो बेला विशेष सावधानी नअपनाए स्वास्थ्य र वातावरण दुवैमा दीर्घकालीन असर पुर्याउने विज्ञहरुको भनाइ छ ।
वायु प्रदूषणका कारण हुने स्वास्थ्यमा असरहरु
- मुटु तथा रत्तनली सम्बन्धी रोग हुने जोखिमलाई बढाउँछ।
- श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग दमको रोग
- दीर्घ श्वासप्रश्वास अवरोध रोग
- फोक्सोको क्यान्सरको जोखिमलाई बढाउँछ।
- मस्तिष्कघात हुने जोखिमलाई बढाउँछ।
- आँखा, नाक र घाँटिको संक्रमणहरुको जोखिम बढाउँछ।
- कम तौल भएको बच्चा जन्मने
- अवदि नपुग्दै बच्चा जन्मने