काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा। संगीता कौशल मिश्राको रिटमा सर्वोच्च अदालतले अग्राधिकार दिएको छ ।
बुधबारको भएको सुनुवाइपछि न्यायाधीय द्धय डा मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेश नदिने निर्णय गरेको हो । यो फैसलापछि अर्का अतिरिक्त सचिव डा। विकास देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय यथावत रहने भएको छ ।
गत फागुन २१ गतेको क्याबिनेट बैठकले अतिरिक्त सचिव देवकोटालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । वरियताको पहिलो नम्बरमा रहेकी मिश्रलाई पाखा लगाउँदै दोस्रो नम्बरका देवकोटालाई सचिव नियुक्त गरेको थियो । वरिष्ठताको क्रममा अगाडि भए पनि आफूलाई स्वास्थ्य सचिव नियुक्त नगरिएको भन्दै डा। मिश्राले चैत १ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।