काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियनाका संयोजक दुर्गा प्रसाईँलाई काठमाडौँ ल्याइएको छ ।
गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमान्डर प्रसाईँले प्रदर्शनका क्रममा आफैँले चलाएको गाडीले प्रहरी अगाडि नै चलाउँदै अघि बढेका थिए ।
भारतबाट नियन्त्रणमा लिएर प्रहरीले प्रसाईँलाई झापाको भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याइएको हो । दुर्गा प्रसाईँविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी गरिएको छ ।
स्रोतका अनुसार उनी गुवाहाटीमा ५ जनासँगै एक होटलमा बसेका थिए। त्यति नै बेलामा यो कुरा आसामका डिजी (प्रहरी महानिर्देशक)लाई थाहा भयो। त्यसलगत्तै उनले उनको आत्मसमर्पण सम्बन्धी निर्देशन दिएका थिए।