काठमाडौं। नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा आयोगको १८ औँ पूर्ण बैठक आज बसेको छ ।
निर्वाह भत्ता लगायतका विषयमा आवासीय चिकित्सक र निजी मेडिकल कलेज सञ्चालकहरु आ आफ्नै अडानमा रहेका बेला आयोगले आज पूर्ण बैठक बस्ने निर्णय गरेको हो ।
बैठकको कार्यसूचीमा एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेजेज अफ नेपालबाट गत १० चैतमा प्राप्त ज्ञापन पत्रको विषयमा छलफल हुने उल्लेख छ । पीजी तहमा अध्ययन्रत चिकित्साशास्त्रका विद्यार्थीहरुलाई अधिकृतको तलव सरह उपलव्ध गराउनु पर्ने निर्णयमा निजी मेडिकल तथा डेन्टल कलेजहरुले सो अनुसारको निर्वाह भत्ता उपलव्ध गराउन नसक्ने बताउँदै आएका छन् । आयोगको १६ औँ बैठकले गरेको निर्णय पर्ति निजी मेडिकल कलेजहरुले आयोग समक्ष ज्ञापन पत्र बुझाएका थिए ।
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक अहिले विहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्दैछ ।