काठमाडौं। नेप्डेन्ट अन्तर्राष्ट्रिय डेन्टल व्यापार मेला 'नेपडेन्ट डेन्टल ट्रेड शो २०२५' आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ।
नेपाल दन्त सामग्री वितरकहरुको संघ (एनडिडिए)को आयोजनामा तीन दिने नेप्डेन्ट अन्तर्राष्ट्रिय डेन्टल व्यापार मेला 'नेपडेन्ट डेन्टल ट्रेड शो २०२५' ७ गते सम्म भुकुटीमण्डपमा हुनेछ। मेलामा अस्पताल, क्लिनिक, दन्त चिकित्सक, विद्यार्थी, प्रयोगशाला तथा सम्पूर्ण दन्त पेसाकर्मीका लागि गुणस्तरीय औजार तथा सामान सहजताका साथ उपलब्ध हुने संघका सचिव निरन्जन खतिवडाले बताए । उनले मेलामा नेपालसँगै विभिन्न देशका एक सय बढी प्रदर्शनी, ९० भन्दा बढी स्टल र ५ हजार भन्दा बढी अवकलोनकर्ताहरुले अवलोकन गर्ने जानकारी दिए।
उनले यो व्यापार मेला बी टु बी तथा बी टु सी दुबै भएको र यसबाट प्रदर्शनीबाट सिक्ने र सामग्री किन्न चाहनेहरुका लागि विशेष छुटमा किन्न सक्ने भएकाले सबैले फाइदा लिनसक्ने बताए ।
एनडिडिएका सह-कोषाध्यक्ष शेखर सुवेदीले 'नेप्डेन्ट मेलामा आउने ग्राहकहरुले विशेष छुट तथा विभिन्न अफरहरु पाउने छन्,' उनले भने, 'यो मेला दन्त सामग्रीको व्यापार मेला भएकाले ग्राहकहरुलाई लक्षित गर्दै अफर र छुटको व्यवस्था गरेका हौं।' मेलामा विभिन्न ब्राण्डहरुमा १० देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था साथै प्रवेश नि:शुल्क रहेको बताए । उक्त छुट तिनदिनका लागिमात्र रहेको समेत जानकारि गराए ।