काठमाडौं । नागरिक सामुदायिक अस्पतालमा वरिष्ट मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइराला र स्त्रीरोग, प्रसूति तथा नि:सन्तान विशेषज्ञ डा. भोला रिजाल द्वारा बहिरङ्ग सेवा उपल्बध भएको छ।
डा. रिजाल द्वारा हरेक विहिवार बहिरङ्ग सेवा सञ्चालन भइरहेको छ । भने डा. भगवान कोइराला द्वारा यहि १० गते देखि बहिरङ्ग सेवा सञ्चालन हुँदै छ। बहिरङ्ग सेवा बिहान १० बजे देखि १२ बजे सम्म सञ्चालन हुने छ । ह्याम्स हस्पिटलको सेवा भक्तपुरमा पनि उपलब्ध उद्देश्यले अस्पताल वरिष्ट विशेषज्ञहरू द्वारा स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।
नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिदै आएको नागरिक सामुदायिक अस्पतालले आफ्ना सेवाहरुलाई विशिष्टीकृत गर्दै लगिरहेको छ । स्वास्थ्यको क्षेत्रमा आफ्नो भिन्नै पहिचान बनाउन सफल यस अस्पतालले बिरामिको सहजता एवंम सेवा सुविधाका लागि बिरामीमैत्री अस्पतालका रुपमा पहिचान बनाएको छ ।