काठमाडौँ । परीक्षणका क्रममा गुणस्तरहीन पाइएका ‘पिलपान ४० एमजी’ र ‘एसीटप ४० एमजी’ नामक दुवै औषधिहरू तुरुन्त फिर्ता गर्न औषधि व्यवस्था विभागले निर्देशन जारी गरेको छ ।
पेटसम्बन्धी समस्या निको पार्ने यि दुई औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन जारी गरेको हो । बजार अनुगमनका क्रममा सङ्कलन गरिएको यि औषधिहरूको नमुना राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण गर्दा औषधिहरू न्यून गुणस्तर पाइए पछि उक्त ब्याच नं भएका औषधिहरूको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन सबैलाई विभागले अनुरोध गरेको छ ।
औषधि ऐन, २०३५ को दफा १४ बबमोजिम बजारमा रहेका उक्त औषधि फिर्ता गर्ने, बिक्री वितरण नगर्ने र सोको जानकारी विभागमा गराउन पनि निर्देशन दिइएको उल्लेख छ।
