काठमाडौँ । निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरू आज आन्दोलनमा उत्रिएका छन्।
बुधबार पत्रकार सम्मेलन गर्दै बिहिबार (आज) बिहान केन्द्रमा स्वास्थ्य मन्त्रालय र जिल्लामा जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम गरेका छन् । आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह निर्वाह भत्ता दिने निर्णय कार्यान्वयनमा नआएको भन्दै सरकारलाई दबाब दिन नेपाल चिकित्सक संघ आन्दोलनमा उतरिएको हो ।
शिक्षा आयोगको १६औं पूर्ण बैठकको निर्णय कार्यान्वयन नहुनु र चिकित्सा शिक्षा आयोगले शैक्षिक कार्यक्रम अनुसार निजी र सरकारी प्रतिष्ठानहरूमा एकैचोटी म्याचिङ प्रक्रिया नगराएकोले यो स्थिति आएको संघका अध्यक्ष डा अनिलविक्रम कार्की बताए । उनले देशभरका सम्पूर्ण चिकित्सकहरूलाई आज बिहान १० देखि १२ बजेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्न र उपत्यका भित्रका सम्पूर्ण चिकित्सकहरुलाई माइतीघरमा उपस्थित भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न आह्वान गरेको छन् ।
डा कार्कीले २४ घण्टाभित्र हाम्रा माग सम्बोधन नभएमा १२ गते देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्न बाध्य हुने चेतावनी समेत दिइएको छन् । २८ दिनदेखि जारी चिकित्सकको आन्दोलनप्रति सरकार गैरजिम्मेवार र उदासीन भएकोले आन्दोलन गर्नु बाध्यता भएको आवासीय चिकित्सकहरुको भनाई छ । उनिहरुले यो आन्दोलन व्यक्तिगत स्वार्थका लागि नभई सम्पूर्ण आवासीय चिकित्सकको भविष्य, अधिकार र आत्मसम्मानका लागि भएको बताए।
विगत २८ दिनदेखि चिकित्सकहरूको माग सम्बोधन गर्न राज्यले गरेको उदासीनताप्रति नेपाल चिकित्सक संघ स्तब्ध भएको छ। पटक–पटक समाधानको पहल गरेको र चैत ३१ गते ७२ घण्टे अल्टिमेटम दिँदा पनि राज्यले ठोस कदम नचालेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ।