काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई मासिक ४८ हजार ७ सय रुपैयाँ निर्वाह भत्ताको निर्णय तत्कालै कार्यान्वयन गर्नुपर्ने बताए।
सरकारी आठौं तह बारबारको निर्वाह भत्ता लागु गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका आवासीय चिकित्सक संघ र नेपाल चिकित्सक संघका प्रतिनिधिसँग मन्त्रालयमा कुरा गर्दै मन्त्री पौडेलले सरकारले गरेको निर्णय लागु हुने बताए । ‘सरकारले गरेको निर्णय मान्दिनँ भन्न मिल्दैन’ उनले भने, ‘४८ हजार ७ सय लागु नगरेसम्म निजी मेडिकल कलेजका कामहरू अगाडि बढ्दैन ।’
केही हप्ता यता निजी मेडिकल कलेजका आवासीय चिकित्कसहरुलाई सरकारी सरह निर्वाह भत्ता दिनुपर्ने भन्दै माइतीघर मण्डलामा प्रदर्शन गर्र्दै आइरहेका छन् । आन्दोलनरत चिकित्सकहरुले भोलिदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।